
पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ ।
पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शिला डुवानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरु समेत विस्थापित बनेका छन् । प्रबित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना डुवाएको पराजुलीले बताउनुभयो ।
शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याल्बीन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पुर्ण रुपमा क्षति पुगेको छ । मुस्ताङको कागवेनीमा ठुलो क्षति पुर्याएको कालीगण्डकी यस वर्षकै उच्च बहाबमा बगेको स्थानीयले बताएका छन् । कतिवेला घरसम्मै आएर बाढीले डुवाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीयको भनाई छ ।
कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा परेको छ । कालीगण्डकी र सेतीखोलाको बहाब बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै २ सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्