
काठमाडौं । पाकिस्तान र श्रीलंकामा आगामी अगस्ट ३० देखि सुरु हुने एसीसी एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल,सन्दिप लामिछाने,करन केसी,ललित राजबंशी,भीम सार्की, कुशल मल्ल,दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । यस्तै,आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकालले पनि एसिया कप खेल्ने टोलीमा पर्न सफल भएका छन् ।
प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने तालिका छ । एसिया कपका लागि नेपाली टोली समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग अगस्ट ३० तथा दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।
एसिया कपको तयारीका लागि नेपाली टोली एक हप्ता अगाडी नै पाकिस्तान पुग्ने क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्