१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोशी र मधेश प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना


2.275k
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।

मंगलबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मंगलबार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।