
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले सोमबार उहाँसँग बयान लिएको हो ।
बयानका क्रममा पौडेलले आफूले तलबाट आएका फाइलहरु मन्त्रिपरिषदमा पेश गरेको भन्दै निर्णय प्रक्रियामा आफू संलग्न नरहेको दाबी गर्नुभएको सीआईबी स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्का निर्णयहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सीआइबीले तत्कालिन मन्त्रिपरिषदबाट भएका निर्णय प्रक्रियाहरुमा संलग्न ब्यक्तिहरुलाई सोधपुछ सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्