१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुगुमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


546
Shares

काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्ला जिल्ला सोरु गाउँपालिका ७ का वडासदस्य लोकजङ्ग नेपाली, सर्केगाड–२ रिपगाउँका राम परियार नाम गरेका दुई जना, सोही स्थानका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । नेपालीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जीप सोमबार चिप्लेगाडामा दुर्घटना भएको हो । जीप चालक सोरु गाउँपालिका –७ सिप गाउँका दिनेश लावड र वडा नम्बर ५ का गोविन्दा शाही गम्भीर घाइते रहेका छन् ।

यस्तै, सोरु गाउँपालिका ६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएको मुगु जिल्ला प्रहरी कार्यालयले जनाउको छ । जीप सडकबाट दुई सय मिटर तल खसेको थियो ।