
अर्घाखाँची । अर्घाखाँचीमा केही दिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ ।
जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा मात्रै दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ ।
बिरामीमध्ये ५० प्रतिशत बालबालिकामा भाइरल ज्वरोको समस्या देखापरेको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारीले बताउनुभयो ।
यस्तै, डेंगी, स्क्रब टाइफस र आँखा पाकेका बिरामी पनि अस्पतालमा आउने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्