२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन गाल्न सुरू


975
Shares

काठमाडौं । हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम मंगलबार पनि सुरू भएको छ ।

नेपाल राष्ट्रबैंकको टक्सार महाशाखाले मंगलबार दोस्रो पटक सुन गाल्न सुरू गरेको हो । सुनको मात्रा पत्ता लगाउन सोमबारबाट सुन गाल्ने कार्यको थालनी भएको थियो ।

मोटरसाइकलको ब्रेकसु बनाएर ल्याइएको सुन सोमबार पहिलो पटक गालिएको थियो । सोमबार करीब ६१ किलो बनेको सुनको मात्र थप गाल्दा अझै घट्न सक्ने टक्सार महाशाखाका विज्ञहरुले बताएका छन् ।

सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ । राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो ।