१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मनाङको अवरुद्ध सडक खुल्यो


338
Shares

काठमाडौं । मनाङ पुग्ने अवरुद्ध एकमात्र सडक चार दिनपछि सञ्चालन भएको छ ।

मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचालु भएको हो ।

यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक, कर्मचारी बीचबाटोमै अलपत्र परेका थिए । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो ।

सडक खुलेसँगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ पुग्न थालेको छ ।

मौसमले धेरै प्रभाव पार्ने मनाङमा पटक पटक बाटो अवरुद्ध हुने गरेको छ ।