७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?

प्रधानमन्त्री प्रचण्डको सम्पादकसँग गुनासो

1.547k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

उहाँले आशातीत रूपमा भ्रष्टाचार रोक्न नसके पनि त्यसका लागि सुधारका थुप्रै पहलहरू थालिएको बताउनुभयो । बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसंवाद गर्दे प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्नकै लागि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणका फाइलहरू खोलिएको र सुन तस्करी नियन्त्रणमा लिने गरी पहलकदमी अघि बढाइएको बताउनुभयो ।

उहाँले आफूले सुन तस्करहरू समाउँदा स्याबासी पाउनुपर्नेमा उल्टै सुन किन समाइस् भनेर प्रश्न गर्ने गरिएको भन्दै यसले आफूलाई अचम्मित पारेको बताउनुभयो ।उहाँले सुन तस्करी गर्ने गिरोहको फर्दाफास गरी सुन तस्करको सञ्जाल ध्वस्त पारिएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डका अनुसार त्रिभुवन विमानस्थलमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको खबर आउन थालेपछि राजस्व अनुसन्धान विभागमा उहाँकै निजी सचिवका रूपमा रहनुभएका सहसचिव नवराज ढुंगानालाई महानिर्देशक बनाएर पठाउनुभएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।