५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


एएफसी कप छनौट अन्तर्गत मच्छिन्द्र क्लबले आज भारतको मोहन वगानसँग खेल्दै


1.911k
Shares

काठमाडौं । एएफसी कप छनोट फुटबल खेलमा बुधबार मछिन्द्र फुटबल क्लबले भारतको मोहन बगान सुपर जायन्टविरुद्ध खेल्ने भएको छ ।

भारतको कोलकत्तामा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ । कोलकाताको साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउने तयारीमा छन् ।

काठमाडौंमा भएको पहिलो चरणको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । मोहन बगान भने सिधै दोस्रो चरणमा पुगेको हो ।

मछिन्द्रका लागि पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके यस खेलमा खेल्ने भएका छन् ।