२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उत्तर कोरियाको हिरासतमा रहेका अमेरिकी नागरिकबारे खुलासा


663
Shares

एजेन्सी । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ जातीय भेदभाव र विभेदका कारण आफ्नो देश प्रवेश गरेको खुलासा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लुकिछिपी उत्तर कोरिया प्रवेश गरेको भन्दै हिरासतमा लिइएका किङबारे अनुसन्धानपछि उत्तर कोरियाले उनी विभेद र दुब्र्यवहारका कारण उत्तर कोरिया आएको बताएको छ ।

किङलाई गत जुलाईमा दक्षिण कोरियाबाट टुर गाइडको रुपमा उत्तर कोरिया प्रवेश गर्ने बित्तिकै हिरासतमा लिईएको हो । अमेरिकाले किङलाई सकुशल घर फर्कने वातावरण मिलाउन उत्तर कोरियासँग आग्रह गरिरहेको छ ।

सन् २०२१ देखी अमेरिकी सेनामा आवद्ध किङ पछिल्लो समय दक्षिण कोरियास्थित सैन्य मिसनमा थिए । उनी उत्तर कोरिया छिर्नु अघि मात्रै दुई महिना सैन्य हिरासतमा बसेको पनि खुलासा भएको छ ।