
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-९ स्थित टिकोली जंगलमा विभिन्न ८ वटा सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैंडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१, बा प्र ०३-००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएका थिए ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।
प्रतिक्रिया दिनुहोस्