१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नुपर्छ : खतिवडा


130
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशिलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताउनुभयो। उहाँले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताउनुभयो। जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशिलता भएको उहाँको भनाई छ ।

पूर्वअर्थमन्त्री खतिवडाले परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताउनुभयो। उहाँले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताउनुभयो। उहाँले अब युवाहरुले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशिलता विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको इनोभेशन अरु भन्दा फरक बन्न सक्नुपर्ने बताउनु भयो।