१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकियो


416
Shares

स्याङ्जा । स्याङ्जामा साउनको अन्तिम सातासम्ममा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमध्ये ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

यो वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये कम जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।

पछिल्लो समय जनशक्तिको कमी, बसाइँसराइ, पर्याप्त वर्षा नभएका कारण जिल्लामा गतवर्ष भन्दा यसवर्ष कम क्षेत्रफलमा रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनभुयो ।

गत वर्ष ९८ प्रतिशत रोपाइँ भएको थियो । बढ्दो शहरीकरण, युवाहरु वैदेशिक रोजगारीमा जानु, मौसम प्रतिकुलतलगायतका कारणले खाद्यान्न उत्पादनको अनुपात घटिरहेको छ ।

स्याङ्जामा १६ हजार हेक्टर वर्षे धान र २ हजार हेक्टर चैते धान खेती हुने भुभाग गरी १८ हजार हेक्टर धानखेती हुने क्षेत्रफल रहेको छ ।