
काठमाडौं । अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले प्रभावशाली जित निकाल्यो । खेलमा अग्रता इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट लिएको थियो । दोस्रो हाफमा ६३ औं मिनेटमा घरेलु टोलीका लागि फरवार्ड साम केरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
त्यसपछि अष्ट्रेलियाको कमजोर डिफेन्डसको फाइदा उठाउँदै इङल्याण्डले दुई गोल थप्यो । डिफेन्समा क्लियर हुन नसकेको बलमा ७१ औं मिनेटमा लौरेन हेम्पले इङ्ल्याण्डलाई अघि बढाएकी थिइन । खेल सकिन चार मिनेट अघि एलिसिया रुसोले अर्को गोल थप्दै इङ्ल्याण्डलाई फाइनलको यात्रा तय गराइन् ।
इङ्ल्याण्डले महिला विश्वकपको उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्