२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल


858
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् ।

मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बुधबारले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताउनुभयो ।

प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।’

महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टीविरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गर्नुभयो । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी संगठनका बारेमा बोल्नुभयो ।