
फाइल तस्वीर
काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ ।
यसैगरी बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा १६ औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआवद्धता, एलडिसी ग्रेजुएशन स्टाटेजी र हाइ लेभल पोल्टिकल फोरमको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्