
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले १६ औं आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरालाई मात्रै राख्ने बताउनुभएको हो । उहाँले सो योजनामा मन्त्रालयगत कुरा नराखिने र पहिलेको भन्दा फरक तरिकाले ल्याइने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले १६ औं योजनामा मुल रुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेट्ने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयहरुले के–के गर्ने हो भन्नेकुरा सम्बन्धित मन्त्रालयले नै गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक न्याय कायम नभएसम्म समृद्धि हासिल नहुने भन्दै सामाजिक न्याय कायम गर्नका लागि पनि १६ औं योजनामा जोड दिइने बताउनुभयो । मुलुकमा कुनैपनि प्रकारको विभेद कायम नहोस् भन्नेमा पनि ध्यान दिइने उहाँको भनाई छ ।
उपाध्यक्ष श्रेष्ठले १६ औं योजनालाई केन्द्रिय योजना मात्रै नबनाएर तीनै तहको राष्ट्रिय योजना बनाउनका लागि प्रदेश योजना आयोगहरु र प्रदेश सरकारहरुसँग पनि छलफल गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्