
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ८ अंकले उकालो लागेर २ हजार ३३ कायमभयो । लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूहमा हरियाली छायो ।
कारोबार भने डेढ अर्ब हाराहारीमै सीमित रह्यो । व्यापार समूहमा सबैभन्दा उच्च अढाई प्रतिशतको बृद्धि आयो । होटल तथा पर्यटन समूह पनि २ प्रतिशतले उकालो लाग्यो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको ४० लाख कित्ता शेयर १ अर्ब ५४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्