
काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।
प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीवार गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौंदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो ।
भदौ २ गतेदेखि सुरु हुने यात्राको काठमाडौंको पशुपतिनाथ मन्दिरबाट काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्व. गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताउनु भयो । उहाँले मधेशका मुद्दामा उहाँले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताउनुभयो ।
गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्