२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सार्वजनिक स्थलमा बुहारी कुट्ने पक्राउ


11.18k
Shares

बर्दिया । बर्दियामा बुहारी कुट्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

२६ वर्षीया बुहारी प्रमिला चौधरीलाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात र लात्तीले हिर्काउँदै मरणासन्न हुनेगरी कुटपीट गरेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कुटपिट नगर भन्दै श्रीमतीलगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरेपनि चौधरीले रोकथाम गर्ने महिलामाथि नै हातपातको प्रयास गरेका थिए । मदिरा पिएर कुटपिट गरेका भर्थरीले यसअघि पनि आफूलाई कुटपिट गर्दे आएको पीडित प्रमिलाले बताइन् ।