
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शरणार्थी, सुन तथा ललिता निवास प्रकरणका दोषीलाई कारावाही गर्न सरकार पछि नपर्ने बताउनुभएको छ ।
मन्त्री शर्माले जस्तोसुकै हाइप्रोफाइलका दोषीलाई सरकारले कारवाही गर्ने बताउनुभयो ।
बिहीबार प्यूठानको जुम्रीमोमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले उच्च पदमा पुगेपछि कानूनले नछुने भन्ने भ्रम रहेको बताउदै मन्त्री शर्माले जस्तोसुकै उच्च ओहोदाका ब्यक्ति भएपनि कानून र राज्यका निकायले नछोड्ने उल्लेख गर्नुभयो ।
यस्तै, एक फरक प्रसंगमा मन्त्री शर्माले सरकार बोलियो रुपमा प्रस्तुत हुने बतावरण नेपालका मिडियाले सिर्जना गरेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्