
काठमाडौं । सशस्त्र प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा एसपी राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
प्रतिक्रिया दिनुहोस्