
काठमाडौं । संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच छलफल भएको हो ।
छलफलमा सभामुख घिमिरेले सदन अवरुद्ध हुँदा प्राकृतिक विपत्तिलगायत जनचासोका विषयमा बोल्न नपाएको गुनासो सांसदहरूले गरेको बताउनु भएको थियो । सभामुख घिमिरेले कम्तीमा सदन चल्ने वातावरण बनाउन प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभएको थियो ।
शीर्ष नेताहरूले नै छलफल गर्दा पनि नखुलेको अवरोध खुलाउन सरकारले नै विशेष अग्रसरता देखाउनु पर्नेमा सभामुखको जोड रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले एमालेसँग छलफल गरेर सदनको गतिरोध अन्त्य गर्ने आश्वासन दिएको बुझिएको छ ।
सय किलो सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्