२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौं : मन्त्री बस्नेत


156
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताउनुभएको हो । उहाँले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताउनुभयो ।

मन्त्री बस्नेतले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताउनुभयो । उहाँले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगिकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भिरताका साथ उठाएको बताउनुभयो ।

मन्त्री बस्नेतल सरकारले स्वच्छ वातावरणका लागि नविकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताउनुभयो । उहाँले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताउनुभयो ।