१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा विशेष प्रशिक्षण गर्ने नेपाली महिला कबड्डी टोली


260
Shares

काठमाडौं । नेपालको महिला कबड्डी टोली चीनको हाङझावमा हुने १९औं एशियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिबार भारत जाने भएको छ ।

आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९ औं एसियाड सुरु हुँदैछ ।

उक्त एसियाडमा कबड्डीसहित नेपालका २९ खेलका खेलाडीले सहभागीता जनाउँदै छन् । एसियाडको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष प्रशिक्षण गर्न लागेको हो । उक्त टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे ।

टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने छन् ।