२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आयो : सांसद घिमिरे


91
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गत्को दीगो विकास तथा सुशासन समिति बैठकमा उहाँले दुई वटा संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको बताउनुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले जलवायु परिवर्तनले कृषि प्रणाली र मानवलाई क्षती भएको बताउनुभयो । उहाँले वन विनास हुनुमा र व्यापक रुपमा जलवायु परीवर्तन आउनुको कारण डढेलो पनि रहेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमाल जोगाऔं भन्ने मात्रै नभइ अब पहाड जोगाऔं भन्नुपर्ने बेला आएको बताउनुभएको छ । गौतमले पहाड नजोगाउने हो भने हिमाल नजोगिने बताउनुभएको हो । उहाँले हिमालसँगै पहाडले पनि क्षती पुर्‍याएको भन्दै वन जंगलको उचित तरीकाले संरक्षण गर्र्नुपर्ने बताउनुभयो । गौतमले हिमाल, पहाड जोगाउन अमेरीका, युरोप, अष्ट्रेलिया, मरुभूमि भएको ठाउँमा नभई नेपालमा नै सम्मेलन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गौतमले हिमाल जोगाउन नसके सबैभन्दा नोक्शानी नेपाललाई हुने र दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशसमेत प्रभावमा पर्ने बताउनुभयो ।