
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
शनिबार बिहान मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, शनिबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्