
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् ।
खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । सेमिफाइनलमा अस्ट्रेलिया इंग्ल्याण्डसँग र स्वीडेन स्पेनसँग पराजित भएको थियो । महिला विश्व कप फुटबलको फाइनल खेल आइतबार हुनेछ ।
उपाधिका लागि इंग्ल्याण्ड र स्पेन खेल्नेछन् । बुधवार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इंग्ल्याण्ड र मंगलबार भएको खेलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका हुन् ।
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्