
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मृत फेला परेका छन् ।
शनिबार बिहान करिब ५ बजे फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष मोहन घिमिरे साढे ७ बजे तिर मृत अवस्थामा भेटिएका हुन् ।
‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ वडाध्यक्ष घिमिरेले फेसबुकमा लेखेका थिए ।
वडाध्यक्ष घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार अपराह्न घरबाट निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्