
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेको समृद्धि सुनचाँदी गहना पसलमा आगलागी भएको छ ।
पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
गहना बनाउने क्रममा ग्याँस लिक भई बिस्फोट हुँदा आगलागी भएको र पसलमा रहेका सुनचाँदीका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले मिलेर आगो नियन्त्रणमा लिइएका थिए ।
आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएपनि एकीन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्