
बिराटनगर । कोशी प्रदेशसभाको बैठकले बजेट सम्बन्धि अध्यादेश प्रदेशसभाबाट स्वीकृत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गर्नु भएको थियो । प्रस्तावलाई प्रदेशसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्ने प्रावधान छ । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याउनु भएको थियो ।
अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए ।
प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएपछी बजेट सम्बन्धि अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्