
काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा उडानका लागि टिकट बुकिङ खुल्ला गरेको छ ।
आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले शनिबारदेखि नै टिकट बुकिङ खुल्ला गरेको हाे ।
निगमले काठमाण्डौ–दमाम–काठमाण्डौ रुटमा आउँदो २० गतेदेखि सिधा उडान शुरु गर्दैछ । शुरुमा बुधबार र शनिबार गरी हप्ताको दुई दिन सिधा उडान गर्ने र आवश्यकता अनुसार पछि थप गर्दै जाने निगमको सूचनामा उल्लेख छ ।
साउदी धेरै नेपालीहरु रोजगारीको लागि जाने गन्तव्य हो ।
प्रतिक्रिया दिनुहोस्