२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युक्रेनमाथी रुसको मिसाइल आक्रमण, ६ वर्षीय बालकसहित सात जनाको मृत्यु


364
Shares

एजेन्सी । रुसले युक्रेनमा फेरि मिसाइल आक्रमण गरेका छ ।

युक्रेनको उत्तरी सहर चेर्निहाइभमा धार्मिक बिदा मनाउन चर्च जाँदै गरेका सर्वसाधारणमाथि रुसी मिसाइल आक्रमण हुँदा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

मिसाइल आक्रमणमा परि ९० जना घाइते घाइते भएको युक्रेनको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । घाइतेमध्ये १२ जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट एक विश्वविद्यालयको भवन र एउटा थिएटरमा पनि क्षति पुगेको जनाइएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले घटनाको निन्दा गदै क्षतिग्रस्त भग्नावशेषको भिडियो समेत पोस्ट गर्नुभएको छ ।

आक्रमण गरिएको शहर बेलारुस सीमा नजिकैको सहर हो ।