
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ ।
आफ्नै मैदानमा भएको खेलमा सिटीलाई साँघुरो जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे । जितसँगै सिटीले जारी सिजनमा लगातार दोस्रो जित हात पारेको छ । दुई खेलबाट ६ अंक जोडेको म्यान्चेस्टर सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ ।
शनिबार राति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाइटेडलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन पापे मटार सारले एक गोल गर्दा म्यान्चेस्टर युनाइटेडका लिसान्द्रो मार्टीनेजले एक आत्माघाति गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ३–१ ले पराजित गर्यो । लिभरपुलको जितमा लुइस डियाज, मोहोमद सालाह र डिएगो योटाले एक एक गोल गरे । बर्नमाउथका एन्टोइन सेमेन्योले पहिलो गोल गरेका थिए ।
इंग्लीश प्रिमियर लिगमा आइतबार दुई खेल हुनेछन् । चेल्सीले वेष्ट ह्याम युनाइटेडको सामना गर्दा एस्टन भिल्ला र एभर्टन भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्