१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद् अवरोध खुलाउने बिषयमा सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरुसँग छलफल


338
Shares

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग छलफल गरिरहनु भएको छ ।

प्रतिनिधि सभाको बैठक आज आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका सचेतकहरसँग छलफल गर्नुभएको हो । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गर्दे आइरहेको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने माग राख्दै गत साउन १० यताका संसद बैठकमा अवरोध गर्दै आइरहेको छ । साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै ६१ किलो तस्करीको सुन समातेको थियो । त्यसको छानविनका लागि एमाललेले उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आएको हो