
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद गतिरोध अन्त्यको प्रयासस्वरुप राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले आइतबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल गर्न लाग्नुभएको हो । संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको जनाइएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । उक्त प्रकरण छानबिनको लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सरकार र सत्तापक्षले भने उच्चस्तरीय समिति बनाउन अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्