
कपिलवस्तु । भन्सार छलि गरि नेपाल भित्रिएको अबैध कपडा र गाडि सहित एक व्यक्ति पक्राउ परेका छन् ।
भारतबाट काठमाडौं तर्फ लैजाँदै गरेको उक्त कपडा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरीले महाराजगन्ज नगरपालिका वडा न. ५ कन्चनियाबाट शनिबार राती बरामद गरेको हो ।
कपडा सहित बा ७ च १५२३ नम्बरको निसान गाडिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका वडा न. २ बस्ने २३ वर्षका अनुप पन्तलाई उक्त कपडा र गाडी सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।
बरामद भएको उक्त कपडा ३ लाख ६० हजार बराबरको र गाडि १५ लाख बराबर रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्