
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् ।
काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताउनुभयो । उहाँले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
कानून व्यवसायी मुल्मीले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताउनुभयो । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनुभयो ।
व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देउ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्