२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक : राजेन्द्र लिङदेन


1.066k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताउनुभएको छ ।

आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र प्रतिपक्षीदलबीच छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले सोमवार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निस्कर्ष निस्किने बताउनुभयो । लिङदेनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्षी दल पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने बताउनुभयो ।

त्यसैगरी बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारु गर्ने बारेमा सकारात्मक छलफल भएको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले सोमवार एक पटक बैठक बसेर संसद सुचारु गर्ने विषयमा सहमति हुने बताउनुभयो ।