
काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।
आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताउनु भयो । गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोडदिनु भयो । उहाँले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको जिकिर गर्नुभयो । सुन तस्करी प्रकरणमा राजनितीक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सिआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताउनु भयो ।
सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडी बढाउन नसकिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्