
फाइल तस्बिर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ ।
गुणस्तसँगै सेवावृद्धिमा पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ । प्यूठानको माण्डबीमा नेपाल टेलिकमको एफटीटीएच तथा ल्याण्डलाइन सेवाको उद्घााटन गर्दे मन्त्री शर्माले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकोले टेलिकमको सेवाप्रवाह पनि सहज हुनुपर्ने बताउनुभयो ।
टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फवाट आफुले पहल गर्ने बताउदै उहाँले एफटीटीएचलाई आधार मानेर यो वर्ष ३ लाख सेवा थप गर्ने लक्ष रहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्