
एजेन्सी । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटना भएको छ ।
मानवरहित अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।
गत अगष्ट १० मा प्रक्षेपण गरिएको यान ६ दिनमा चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । लुना–२५ अन्तरिक्ष यान रुसको झण्डै ५० बर्षमा पहिलो अन्तररिक्ष अभियान रहेको थियो । चन्द्रामाको सतहमा जमेको पानी वा अन्य महत्वपूस्र्ण तत्वहरु हुनेसक्ने वैज्ञानिकहरुको आंकलन गर्दै आएका छन् ।
यसबारे अध्ययन गर्नु मिसनको मुख्य उद्देश्य रहेको थियो । हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले अन्तरिक्षयान अवतरण गराउन सकेका छैनन् । भारतको चन्द्रयान ३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा रहेको छ । भारत भन्दा अघि यान अवतरण गर्ने रुसी प्रयास असफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्