
काठमाडौं । सोमबार कर्णाली प्रदेशमा स्थापना दिवस मनाइँदै छ ।
२०७२ साल साउनमा सुदूर पश्चिममा गाभ्ने निर्णयविरुद्ध भएको आन्दोलनपछि पाँच वटा जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना गर्ने निर्णय भएको दिनको सम्झनामा प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।
आन्दोलनका क्रममा मारिएकाहरुको सम्झनामा यसदिन शहीद दिवस पनि मनाउने गरिएको छ ।
प्रदेश सरकारले यस अवसरमा सोमबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्