
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडले चेल्सीलाई ३–१ ले हराएको छ ।
वेष्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन नायफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेताले एक एक गोल गरे ।
चेल्सीका कार्ले चुक्वेमेकाले एक गोल फर्काए । हारसँगै चेल्सीमाथि दबाब बढेको छ । यो सिजन नयाँ खेलाडी किनबेचमा अरबौं डलर खर्चिएको चेल्सीले सोचे अनुसारको परिणाम ल्याउन भने अझै सुधार गर्नुपर्ने देखिएको छ ।
प्रिमियर लिगकै अर्को खेलमा मंगलबार एस्टन भिल्लाले एभर्टनलाई ४–० ले हराएको छ । प्रिमियर लिगमा आज राती हुने खेलमा आर्सनलले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्