१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीको विकासमा संघीय सरकारको प्राथमिकता छ : प्रधानमन्त्री दाहाल


39
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका ठूला सडकहरु लगायत कर्णाली राजमार्ग संघीय सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ ।

सोमबार कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारले पूर्ण साथ र सहयोग गर्ने बचन दिनुभएको हो ।

उहाँले अथाह प्राकृतिक स्रोत साधन हुँदाहुँदै पनि भौगोलिक अप्ठेरो, आर्थिक स्रोत परिचालन अभाव चुनौतीका रुपमा रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले प्रदेशको मेरूदण्डका रूपमा रहेका कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी मार्ग, कैलाश मानसरोबर हुँदै मुक्तिनाथ जोड्ने रणनीतिक महत्वका योजना पूरा गर्न संघीय सरकारको तर्फबाट सम्पूर्ण रूपले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट आफू उत्साहित भएको पनि उल्लेख गर्नुभयो ।