
काठमाडौं । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले ओरालो लागेर १९ सय ९८ मा आएर थामियो । अपरान्हमा नेप्से सकारात्मक रहेपनि वृद्धि धेरै समय टिक्न सकेन ।
कारोबार डेढ अर्ब तलै सीमित रह्यो । सबै समूह राताम्मे हुँदा जलविद्युत समूह सबैभन्दा उच्च डेढ प्रतिशत बराबरले झर्यो । वित्त, उत्पादनमूलक र व्यापार समूह पनि १ प्रतिशत बढीले ओरालो लागे । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । सोमबार १ सय ७१ कम्पनीको मूल्य घट्दा जम्मा ४८ कम्पनीको बढ्यो । घटेको बजारमा पनि लक्ष्मी लघुवित्त र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले भने १० प्रतिशत कमाए ।
प्रतिक्रिया दिनुहोस्