
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ ।
बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
नवलपरासी सुनौल नगरपालिका २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रुपमा ल्याउदैँ गरेको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।
गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्