
ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सतप्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।
यसवर्ष धान रोपाइँ हुने सबै क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टीका बानियाँले जानकारी दिनुभयो ।
ढीला गरेरै भए पनि यसवर्ष सतप्रतिशत धान रोपाइँ भएको हो । जिल्लामा कुल खेतीयोग्य ५ हजार ९ सय ६६ हेक्टर क्षेत्रमा धान रोपाइँ हुँदै आएको छ ।
अघिल्लो वर्ष जिल्लामा साउनको दोस्रो हप्तामै रोपाइँ सकिएको थियो । यसवर्ष लम्पी स्किन रोग र खडेरीका कारण रोपाइँ साउनको अन्तिम सातासम्मै लम्बिएको हो ।
जिल्लामा पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, शेराबेँसी, बाह्रविसेलगायतका ठाउँमा धान खेती भएको छ ।
प्रतिक्रिया दिनुहोस्