५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


२५ उद्योग सञ्चालनको तयारीमा


20.241k
Shares

बारा । बाराको सिमरा सेजमा चालु आर्थिक वर्षमै निर्यातजन्य २५ उद्योग सञ्चालनमा आउने भएका छन् ।

सेजको ५ ब्लक मध्ये निर्माण सम्पन्न ए ब्लकमा अनुमतिपत्र प्राप्त २५ उद्योगले कारखाना सञ्चालनका लागी यसै बर्ष उत्पादन थाल्ने गरी पुर्बाधार निर्माण सुरु गरेका हुन् ।

सिमरा सेजका प्राबिधिक आनन्द भटटले मार्बल, टायलका चार उद्योगले मंसिरको पहिलो साता उत्पादन गर्ने गरी कारखाना पुर्बाधार निर्माणको अन्तिम तयारीमा पुगेको र अन्यले अद्योगले पनि भदौ देखि निर्माण थाल्ने बताउनुभयो ।

यहाँ, मनराम हिमालयन हाण्डीक्राफ्ट, बाग्मती आर्टस्, एभरेष्ट फेसन, बालाजी मेनुफेक्चरींग, नर्थ वेष्ट ईन्डष्टिज, पशुपति सेरामिक्स, केम्याक्स हिमालयन प्राली लगायतका उद्योग चालु आर्थिक बषैमै उत्पादन सुरु गर्ने गरी पुर्बाधार निर्माणमा जुटेका हुन् । सेजको ‘ए’ ब्लकमा सञ्चालन हुने उद्योगमा ८ अर्ब ७५ करोडको लगानी हुने र २ हजार ९ सय ७५ ले प्रत्यक्ष रोजगार पाउनेछन् ।

साथै, यी उद्योगले वार्षिक २४ अर्ब ५५ करोडको निर्यात गर्ने विषेश आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । अनुमति प्राप्त उद्योगहरुले मार्बल, टायल, गार्मेन्टस, ईलेक्टोनिक सबारी एसेम्बल, हर्वल प्रोसेसिङ्ग, कृषिमा आधारित उत्पादन, सिमेन्टका बोर्ड, आल्मुनियम भाडा, टिस्यु पेपर उत्पादन गरी विदेश निर्यात गर्ने जनाइएको छ ।

राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले तयार गरिएको सिमरा सेजमा ६ वर्षपछि उद्योग आएका हुन् ।